नेपाली नक्कली रुपैया सहित बारा प्रहरीले पांचजनालाई प्रकाउ गरि थप अनुसन्धान थालेको छा केन्द्रिय अनुसन्धान ब्युरोका प्रहरीलाई नक्कली नेपाली रुपैयाको कारोवार भईरहेको सुचना आएपछि सोही सुचनाको आधारमा केन्द्रिय अनुसन्धान बिभाग र बारा प्रहरीको संयुतm प्रहरी टोलीले बारा निजगढ नगरपालिका वडा नम्बर ८ स्थित रहेको तारा ईन होटलमा छापामारी गर्दा उतm होटलको लुम्बिनी कोठा खानतलाशी गर्दा नक्कली नेपाली रुपैया सहित पांच जना नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय बाराका एसपी दिपेन्द्र शाहीले भने, नक्कली नेपाली नोटको कारोवार भईरहेको बारा प्रहरीलाई पनि सुचना आएको एसपी शाहीले भन्नु भयो, केन्द्रिय अनुसन्धान ब्युरो र बारा प्रहरीले तारा ईन होटलमा छापामारी गर्दा लुकाई छिपाई झोला भित्र राखेको अवस्थामा नक्कली नेपाली रुपैया १ हजार दरले २५ थान बरामद गरिएको होा नक्कली नोटका कारोवारीहरुले प्रयोग गरेको बा १९ प ७४३५ नम्बरको मोटरसाईलक े र बा १४ च ९३८२ स्कारपियो गाडी नियन्त्रणमा लिई आरोपतिहरु संग सोधपुछ गर्दा सुनील कुमार रामको घरमा नक्कली नोट बनाउने कागजातहरु लुकाई छिपाई राखेको प्रहरीलाई बताएपछि बारा प्रहरीले रौतहट प्रहरी संग समन्वय गरी छापामारी गर्दा नेपाली नक्कली रुपैया १ हजारको दरको नोट प्रति गड्डी १०० थान भएको ९३ गड्डी नेपाली रुपैया १ हजारको दरले ३९ थान र भारतीय नम्बरको बीआर ०५ क्यु ४६१० स्पलेण्डर मोटरसाईल र प्रदेश नम्बर २ ०३००१प ४२६५ नम्बरको २२० सीसी पल्सर नियन्त्रणमा लिएको बाराका प्रहरी प्रमुख शाहीले बताउनु भयोा रौतहट गुजरा नगरपालिका वडा नम्बर ३ बलुवा निवासी २४ वर्षीय सुनिल कुमार राम, सोही स्थान बस्ने ३६ वर्षीय रबिन्द्र चौधरी, बारा जिल्ला करैयार्मा गाउपालिका वडा नम्बर ५ बस्ने २४ वर्षीय सागर शुकला र कलैया उपमहानगरपालिका वडा नम्बर ९ घर भई हाल बाराको बिश्रामपुर बस्ने २५ वर्षीय राजु कुशवाहा नक्कली नेपाली नोटमा प्रकाउ परेका छन प्रकाउ परेका अभियुतmहरुलाई मुद्रा सम्बन्धी कसृर खोटा चलन मुद्दामा बारा जिल्ला अदालतबाट सात दिनको म्याद थय गरी अनुसन्धान थालिएको होा