भोजपुरी भाषा अन्य भाषा जस्तै सम्मानजनक तथा अन्तराष्ट्रिय स्तरमा समेत बोलिने भाषा रहेकोले यसको उत्थान तथा विकासका लागि युवाहरुको आकर्षण बढाउनुपर्ने बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंहले बताउनु भयो
भोजपुरी प्रतिष्ठान वीरगंजको कार्य समिति पुनर्गठन गर्दे नगर प्रमुख सिंहले वीरगंजका विद्यालयहरुमा कम्तीमा हप्तामा एक दिन भोजपुरी भाषा साहित्य, सस्कृतीको बारेमा कक्षा संचालन गर्ने योजनामा रहेको बताउनुभयो । साथै भोजपुरी भाषा, संस्कृती झल्काउने संग्राहलय समेत स्थापना गर्ने आफ्नो योजना रहेको बताउँदै भोजपुरी भाषा, संस्कृती र साहित्यलाई उजागर गर्ने तथा जनजनको मनमनमा पुर्याउने र विकास गर्दै एउटा छुट्टै पहिचान बनाउने उद्देश्यले भोजपुरी प्रतिष्ठानको ठुलो भुमीका हुन सक्ने बताउनुभयो ा
अनिता साहको अध्यक्षतामा सात सदस्यीय समिति पुनगर्ठन भएको हो । समितिको सदस्यहरुमा आमोद प्रसाद गुप्ता, सलमा खातुन, सर्वजीत पासवान, मुकेश महतो नुनीया, अमित अग्रवाल र अजय चौरसिया रहेका छन् भने
सल्लाहकारहरुमा भाषा आयोगका अध्यक्ष गोपाल ठाकुर, भाषा आयोगका सदस्य गोपाल लगायत रहेका छन् ।
भोजपुरी प्रतिष्ठान वीरगंजका संस्थापक अध्यक्ष एंव साहित्यकार उमाशंकर द्विवेदीको गत २०७९ चैत १७ गते निधन भएपछि प्रतिष्ठानको अहिले आएर पुनर्गठन गरिएको हो ां
वीरगंज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णको अध्यक्षता तथा वीरगंज महानगरपालिकाका प्रमुख सिँहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पुनर्गठित समितिका अध्यक्ष र सदस्यहरुलाई बुधबार एक कार्यक्रमकाबीच मनोनयन गरिएको पत्र वितरण गरीएको हो । ा