राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा जिल्लामा तिन समुहमा बांडिएको स्पष्ट देखिएको छ ा अगामी हुन लागेको स्थानिय तहको मेयर पदमा तिनजना आकांक्षी रहेका छन् ा बीरगंज महानगरपालिकाको नगर प्रमुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट तिन जना नेताहरु घर दैलो तथा अन्तरक्रिया कार्यक्रमको नाउँमा आफनो पक्षमा चुनावी माहोल बनाई छुटै छुटै कार्यक्रम गरीरहेका छन् ा रास्वपा पार्टी पर्सा जिल्लाबाट बीरगंज महानगरपालिकाको मेयर पदका आकांक्षी पुर्व मेयर बिजय सरावगी, युवा नेता सुधीर पटेल र तेज शम्शेर राणा चुनावी मैदानमा उत्रिने सम्भावना बलियो रहेको हालको अवस्थाले स्पष्ट पारेको छ ा पुर्व मेयर बिजय सरावगीलाई बीरगंजका उधोगपति मुर्ली जलानको सहयोग रहेको छ भने, तेज शम्शेर राणालाई पर्सा क्षेत्र नम्बर १ का निर्वाचित सांसद हरि पन्त र उर्जा, जलश्रोत तथा सिचाईमन्त्री बिराज भक्क्त क्षेष्ठको सहयोग रहेको छ भने , सुधीर पटेललाई पर्सा जिल्ला क्षेत्र नम्बर २ का निर्वाेचित सांसद शुसील साह कानुको सहयोग रहेको छ ा पुर्व मेयर सरावगीलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गराउनका लागी अघोषित तरिकाले सहयोग गर्नुभएका बीरगंजका उधोगपति मुर्ली जलान सभामुख डिपी अर्याल सँग राम्रो सम्बन्ध रहेको हुनाले सरावगी मुर्ली जलानको सहयोगबाट रास्वपाको केन्द्रिय सदस्यमा मनोनित भएको सोही पार्टीका नेता तथा कार्यकर्ताहरुको दाबी गरे ा तेज शम्शेर राणा तथा मन्त्री बिराज भक्क्त क्षेष्ठ सँग धनिष्ठ मित्रता रहेको छ भने सांसद हरि पन्तले पनि राणालाई अहिले सम्म सहयोग गर्दै आईरहेका छन् सुधीर पटेललाई पर्सा क्षेत्र नम्बर २ का सांसद शुसील साह कानु र जेनजीहरुको सहयोग रहेको छ ा यी तिनैजना रास्वपामा केन्द्रिय सदस्य तथा बर्तमान मन्त्रीहरु सँग समुधुर सम्बन्ध रहेको छ भने तिनै जना बलियो उम्मेदवारको रुपमा प्रस्तृत भएका छन् ा रावस्पाको पर्सा जिल्लामा बीरगंज महानगरपालिकाको मेयर पदको आकांक्षी रहेका तिन जनाले गर्दा चुनावी माहोल तात्दै गईरहेको छ ा पार्टीले मेयर पदको लागी एकजनालाई टिकट बितरण गर्छ रास्वपाका एक नेताले भने, बीरगंजमा तिन जना मेयर पदको लागी आकांक्षी रहेको देखिएको छ ा आफनै पार्टीका नेताहरु तिन समुहमा बांडेर घर दैलो तथा जनता सँग अन्तरक्रिया कार्यक्रमको नाउँमा चुनावी मैदानमा उत्रिएका छन् ा तिनजना मध्ये एकजनाले मात्र अगामी हुन लागेको मेयर पदको लागी टिकट पाउने छन् ा बीरगंजमा रास्वपाका नेताहरु चुनावी मैदानमा त्रिपक्षीय आफैमा लडीरहेका छन् ा आउने दिनमा बीरगंज महानगरपालिकाको मेयर पदको लागी टिकटमा कसले बाजी मार्ला त ?