पर्सा जिल्लाको समग्र बिकास निर्माण कार्यको लागी पर्सामा कांग्रेश तथा एमाले पार्टी बीच दुई दलिय संयन्त्रको बैठक सम्पन्न भएको छ । नेपाली कांग्रेश पर्साका सभापति तथा मधेश प्रदेश सरकारका भुमि ब्यवस्था कृषी तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा सम्पन्न भएको बैठकमा नेपाली कांग्रेश पर्साका उप सभापति रामनारायण कुर्मी, , जिल्ला सचिव दिनेश चौधरी, नेकपा एमाले पार्टीबाट केन्द्रिय सदस्य एवम् संघीय सभासद प्रभु हजरा, जिल्ला अध्यक्ष डाक्टर बिशम्भर कुमार शर्मा, सचिव महेश दास लगायतको सहभागिता रहेको थियो । बैठकमा पर्सा जिल्लाको बिकास निर्माणको लागी दुई दलीय राजनैतिक संयन्त्रले संघीय तथा प्रदेश सरकारका मन्त्री एवम् सांसदहरु सँग छलफल गरी प्रधानमन्त्री लगायत मन्त्रीहरुलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको हो । बिकास निर्माण र अन्य मागको मस्यौदा तयार गर्नका लागी नेपाली कांग्रेश पर्साका उप सभापति रामनारायण कुर्मी र नेकपा एमाले पर्साका सचिव महेश दासलाई जिम्मेवारी दिइएको छ । बर्तमान सरकारको कार्यकाल सफल बनाउनका लागी केन्द्रिय तह, प्रदेश तह र जिल्ला तहमा दलिय संयन्त्र बनाएको नेकपा एमाले पर्साका सचिव महेश दासले जानकारी दिनुभयो ।