अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समितिको दोस्रो दिनको बैठक सम्पन्न भएको छ ।
काठमाडौंमा सम्पन्न बैठकमा अध्यक्ष राईको प्रतिवेदनमाथि छलफल भएको महासचिव मोहम्मद इतिस्याक राईले बताउनुभयो ।
हिजोको बैठकमा अध्यक्ष राईले राजनीतिक प्रतिवेदन पेस गरेका गर्नु भएको थियो ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर राईको नेतृत्वमा ७ सांसदले जसपा गठन गरेका थिए ।
पार्टी विभाजनबारे उपेन्द्रले दायर गरेको मुद्दाको टुंगिएको छैन। यद्यपि, दुवै पार्टीले संगठन निर्माणमा तीव्रता दिइरहेका छन् ।
पर्सामा जसपालाई सशक्त बनाउन पार्टीका सहमहासचिव प्रदिप यादव सहित केन्द्रिय कार्यकारिणी सदस्य एवं वीरगंज महानगरपालिका नगर प्रमुख राजेशमान सिंह अहोरात्र खटिनु भएको छ ।
पर्सामा जसपाको वडा देखि जिल्ला सम्मको संगठन विस्तार गरिएको छ भने अहिले गाउँ गाउँ, टोल टोलमा संगठनका गतिविधिहरु भई रहेका छन ।