२३ औं नेपाल राष्ट्रिय अभिभावक स्थापाना दिवस मनाइएको छ । बीरगंज रेशमकोठी स्थित रहेको श्री त्रिभुवन हाुमान माध्यमिक बिधालयको परिसरमा नेपाल राष्ट्रिय अभिभावक संघले २३ औं स्थापना दिवस मनाइएको संघका मधेश प्रदेश ईन्चार्ज सुरेन्द्र प्रसाद कानुले बताउनु भयो । नेपाल राष्ट्रिय अभिभावक संघका बीरगंज महानगर समितिका संयोजक श्री ह्रदयमोहन लाल दासको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा मधेश प्रदेश संयोजक कमल पिठाकोठी , दुर्गा क्षेत्री नागरिक समाजका अगुवा लगायत स्थानियहरुको उपस्थिती रहेको थियो ।