बीरगंजमा बढ्दो गर्मीका कारण रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएपछि निर्वाेचित जनप्रतिनिधीहरुले रक्तmदान कार्यक्रमको आयोजना गरेका छन् । बीरगंज महानगरपालिकाको वडा नम्बर १० का वडा अध्यक्ष शुसील साह कानुको अध्यक्षतामा सम्पन्न भएको रक्तmदान कार्यक्रममा चार महिला सहित ७५ जनाले रक्तmदान गरेको हुन् । रक्तmदान दिनेहरुमा रन्जु गिरी, लक्ष्मी शर्मा, सन्तोष कुमार साह, नरेश शर्मा लगायतका ब्यतिmहरुले रक्तmदान गरेको छन् । वडा नम्बर १० तथा धडिअर्वा क्लबको सहयोगमा रक्तmदान कार्यक्रम सम्पन्न भएको हो । बीरगंजमा रगतको अभाव नहोस भन्दै महानगरपालिकाले हरेक शनिवार आफनो वार्डमा रक्तmदान कार्यक्रम गर्नका लागी मेयर सिंहले वडा अध्यक्षहरुलाई निर्देशन समेत दिनुभएको छ । गत शनिवार वडा नम्बर ५ का वडा अध्यक्ष प्रदिप चौरसियाले ६ नम्बर गेटमा रक्तmदान कार्यक्रम गर्नुभएको थियो ।