विश्व वातावरण दिवसको अवसरमा वीरगञ्जको भिष्वा डाँडामा भगवान बुद्धको मन्दिर प्रागंनमा विभिन्न उन्नत जातका आठ सय विरुवा रोपिएको छ । भारतको महावाणिज्य दूतावास वीरगञ्ज पर्सा र ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर तथा ग्रिन सिटी समुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको हो । सो अवसरमा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, सहायक प्रमुख जिल्ला अधिकारीद्वय उत्तम कुमार घिमिरे, सानुबाबु अधिकारी, सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण वीरगञ्जका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्य दूत देवी सहाय मीना, वाणिज्य दूत शशी भुषण कुमारलगायतले वृक्षारोपण गरेका थिए ।