जनमत पार्टीका पर्सा जिल्ला सह इन्चार्ज मुकेश द्विवेदी लगायत नेताहरु जसपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई फुलमाला अबिर लगाउ“दै खानेपनी मन्त्री प्रदीप यादवले पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री यादवले जनताको भावनालाई सम्बोधन गर्न तथा समृद्ध नेपालको परिकल्पना साकार पार्न नवप्रवेशीहरुको सक्रियता अपेक्षित रहेको बताउनु भयो । त्यस्तै बीरगंज महानगरपालिका नगर प्रमुख राजेश मान सिंहले नवप्रवेशीहरु पार्टी प्रवेश गरेकोमा पार्टी सशतm ढंगले बलियो हुने बताउंदै जनताको समस्या सम्बोधन गर्न तथा बिकास कार्यमा नवप्रवेशीहरुको अनुभव र सक्रियता हुने बताउनु भएको छ । पार्टी प्रवेश गर्नेहरुमा जनमत पार्टीका सचिव शशी पाण्डे ,बीरगंज महानगर कमिटीका सचिव पवन साह कानु, जिल्ला सदस्य शशी भुषण शर्मा, छिपरमाई गाउापालिकाका पर्यवेक्षक राजु तिवारी र महानगरपालिका वडा नम्बर १ का एकाई सभापति चन्दन साह कानु लगायतका नेताहरु जसपामा प्रवेश गरेका हुन् ।