पर्सा जिल्ला लागु औषध गाँजा र चरेशको टा्रज्रिन्ट प्वाईन्ट बन्दै गएको छ ा धार्दिड , मकवानपुर जिल्लाबाट लागु औषध गाँजा तथा चरेशका कारोवारीहरुले पर्सा जिल्लाको स्थलमार्ग बीरगंज भन्सारको मुल गेटबाटो प्रयोग गरेर मालवाहक ट्रक तथा कारको माध्यमबाट लागु औषधको कारोवार भईरहेको हो ा सिमावर्ती भारतको रक्सौलको मितेरी पुलमा खटिएका भारतिय एसएसबीले बिशेष सुचनाको आधारमा तीन पटक बीरगंजको मेनरोड भन्सारको बाटो प्रयोग गरेर भारत तर्फ जाँदा मितेरी पुलमा खटिएका भारतिय एसएसबीले भारी मात्रामा लागु औषध गाँज र चरेश बरामद गरेको बिभिन्न सञ्चारमाध्यमले समाचार समेत सम्प्रेष्ण गरेका हुन् ा सुराक दिने ब्यतिmले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सुचना नदिई भारतिय एसएसबीलाई दिएको हो ा यो घटनाले स्पष्टले देखिएको छ गाँजा, र चरेशको सुचना दिने सुराकीलाई भारतिय एसएसबीले रकम दिएर सुचना लिएको हो ा लागु औषध गाँजा र चरेशका कारोवारीहरुले पर्सा जिल्लाको सदरमुकाम बीरगंजलाई टा्रजिन्ट प्वाईन्ट बनाएर लागु औषध गाँजा र चरेशको कारोवार फस्टाएका छन् ा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई अघोषित तरिकाले सहयोग गरेका सुराकीहरु भारततर्फ कसरी ढल्के ा