सम्भावित चक्रवातका कारण हुन सक्ने क्षति न्यूनीकरण गर्न पर्सा जिल्लामा विपद् व्यवस्थापन तथा पूर्वतयारीका कामलाई तीव्रता दिइएको छ।
जिल्ला विपद् पूर्वतयारी कमान्ड पोस्टको बैठकले जिल्लाका सबै सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित सरोकारवालालाई उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
सम्भावित चक्रवातको प्रभाव नेपालमा समेत पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै आयोजित विशेष बैठकमा विपद्को जोखिम न्यूनीकरणका लागि अपनाउनुपर्ने उपायबारे छलफल गरिएको थियो।
बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारीसहित विभिन्न सरकारी निकायका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। बैठकले सम्भावित विपद्का बेला प्रभावकारी रूपमा उद्धार तथा राहत कार्य सञ्चालन गर्न र हुन सक्ने जनधनको क्षति कम गर्न आवश्यक पूर्वतयारीमा जोड दिएको जनाइएको छ।