बीरगंज महानगरपालिका आर्दशनगर बस्ने सन्दिप तुलस्यानको बिवादित छबीका उधोगपति हुन् ा तुलस्यानले साझेदारीमा गरेको ब्यवसाय पनि काण्ड काण्डले भरिएको उनका निकटम ब्यवसायीको दाबी रहेको छ ा साझेदारीमा तुलस्यानले सञ्चालन गरेको बीरगंज महानगरपालिका वडा नम्बर १३ स्थित रहेको ज्ञानदा एकेडेमीले ८० लाख भन्दा बढी राजस्व कर तिर्नु पर्ने देखिएको छ ा ज्ञानदा एकडेमी सञ्चालन भए देखी निर्माण गरिएको भौतिक संरचना जग्गाको कर हाल सम्म बांकी रहेको बुझिएको छ ा महानगरपालिकाले पटक पटक घर जग्गाको कर तिर्ने पटक पटक लिखित पत्र पठाएपनि सन्दिप तुलस्यानले अटेरी गरेको साझेदारीमा रहेका ब्यवसायीको भनाई रहेको छ ा बीरगंज महानगरपालिकाको केही कर्मचारीको मिलोमतोमा हाल सम्म ज्ञानदा एकेडेमीले घर जग्गाको कर नर्तिदा कुनै कारवाही नहुनु अचम्मको बिषय बीरगंजवासीहरुले भनेका छन् ा सानालाइ ऐन, ठुलालाई चैन भने जस्तै महानगरपालिकाले ब्यवहार गरेको स्पष्ट देखिरहेको छ ास्थानिय तहको २०७४ दफा २७ मा स्पष्ट लेखिएको छ ,बजार क्षेत्रमा घर निर्माण गर्दा नक्शा पास गरेर मात्र भौतिक संरचना निर्माण गर्नु नियम रहेपनि ज्ञानदा एकेडेमीले घर जग्गा निर्माण भएको सात वर्षपछि मात्र नक्शा पासको प्रक्रियाको लागी महानगरपालिकामा निवेदन दिइएको एक अधिकृतले बताएका छन् ा बिना नक्शा र स्थानिय तहको कर राजस्व दाखिला नगर्दा पनि महानगरपालिकाले हाल सम्म ज्ञानदा एकेडेमीलाई कारवाही नगर्नुको कारण के हो ? हामीले एक महिना अगाडी यस सम्बन्धमा ज्ञानदा एकेडेमीका सञ्चालक सन्दिप तुलस्यान सँग बुझन खोज्दा घर जग्गाबहालको कर बाकी रहेको स्वीकार गर्नुभयो ा उक्त एकेडेमी सञ्चालन गर्नका लागी मैले जग्गा खरीद गर्दा त्यसबेला बीरगंज महानगरपालिका थिएन् ा पर्सा जिल्लाको गाविसमा गाभिएको थियो ा तत्तकालिन स्थानिय तहको नियम अनुसार हामीले बीरगंज महानगरपालिकामा राजस्व कर दाखिला गर्न सहमत छौ ा तत्तकालिन बीरगंज महानगरपाकिलाका मेयर बिजय सरावगीले शिक्षा र स्वास्थ्यमा ५० प्रतिशत करमा छुट दिईने भन्दै बोर्डबाट स्वीकृत गराउनु भएको थियो सन्दिप तुलस्यानले भन्नु भयो, त्यो छुट पाउनु पर्ने हो बताउंदै महानगरपालिकाले ८० लाख राजस्व कर तिर्नुपर्ने देखाएपनि सन्दिप तुलस्यानले महानगरपालिकालाई कुनै हालतमा कर नतिर्ने बरु सक्छ भने महानगरपालिकाले ज्ञानदा एकेडेमीलाई कारवाही गरेर देखाओस भन्दै उनले चेतावनीपुर्ण भाषा प्रयोग गरेका छन् ा महानगरपालिकामा ८० लाख राजस्व कर दाखिला नगरेका सन्दिप तुलस्यानले उधोगपति अंकित जलान सँग गत शनिवार कैलाश होटलमा रकम लेनदेनको बिषयमा झडप भएको थियो ा सन्दिप तुलस्यानले आफनो साझेदारी सँग रकम लेनदेनमा काण्ड काण्ड गरेको घटना उजागर भएको छ ा