यु–१९ विश्वकप क्रिकेटमा पुग्न सफल नेपाली राष्ट्रिय टिमकी कप्तान पूजा महतोलाई वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंहले नगद २५ हजार रुपैया प्रदान गर्दे खादा ओढाएर सम्मान गरिएको छ । यु १९ बिश्वकप क्रिकेटमा मधेश र नेपाललाई चिनाउने राष्ट्रिय टिमकी कप्तान पुजा महतो तथा टिमकी सदस्य साना प्रवण्ीणलाई मेयर सिंहले सम्मानित गरेका हुन् । मंसिर ९ गते नगरप्रमुख राजेशमान सिंहले सानालाई आफनै कार्यकक्षमा नगद ५१ ह्जार रुपैया प्रदान गरी सम्मानित गर्नुभएको थियो ा मंसीर महिना सम्पन भएको भएको यु १९ टी २० क्रिकेट महिला प्रतियोगीतामा थाइल्यान्डविरुद्धको खेलमा सानाले अर्धसत्तक प्रहार गर्दै कप्तान पूजा महतोसँग मिलेर नेपालका लागि कीर्तिमानी साझेदारी गरेकी थिइन् ।मङ्गलवारको सम्मान कार्यक्रममा मेयर सिंहले क्रिकेटको माध्यममार्फत मधेस र नेपालको नाम विश्वमै चिनाउन सफल भएको भन्दै कप्तान महतो र सानाको मनोबल र हौसला बढाउन सम्मानित गरिएको बताए । सम्मान कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, पर्साका प्रहरी उपरीक्षक कुमोध दुंगेल, पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंह,वीरगन्ज–४ का वडाध्यक्ष जगत् साह कानु लगायतकोपनि उपस्थिति थियो ।