बिरगंजको ज्ञानदा एकेडेमीको खेल मैदानमा वीरगञ्ज बैंकर्स लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ। नेशनल स्पोर्ट्स एकेडेमीको आयोजनामा र ज्ञानदा एकेडेमीको सहयोगमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन समारोह ज्ञानदा एकेडेमीका अध्यक्ष सन्दिप तुल्स्यानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले क्रिकेटको बारेमा चर्चा गर्दे आउने दिनमा बीरगंजका युवाहरु क्रिकेटमा अझै आकषर्ण हुने बताउनु हुन् ।
प्रतियोगितामा वीरगञ्जका विभिन्न १३ वटा बैंकले सहभागिता जनाएका छन्। उद्घाटन दिनको खेलमा सिद्धार्थ बैंक र एनएमबी बैंकबीच प्रतिस्पर्धा हुनेछ भने अन्य खेलहरूमा प्रभु बैंक र एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक र लक्ष्मी सनराइज बैंक, सिटीजन बैंक र प्राइम बैंक आमनेसामने हुनेछन्।
कार्यक्रममा विभिन्न बैंकका कर्मचारी खेलाडी, ज्ञानदा एकेडेमी तथा नेशनल स्पोर्ट्स एकेडेमीका पदाधिकारीहरूको उपस्थिति थियो।