सिमरामा जारी अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि लोटस एकेडेमी सिमरा र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बकुलिया खेल्ने भएका छन् ।
सेमिफाईनल खेलमा राष्ट्रिय विभुती शिक्षा सदन डुमरवानालाई फराकिलो अन्तरले पराजित गर्दै लोटसले प्रतियोगिताको फाईनलमा पुगेको हो ा
आकास मोक्तान एक्लैले चार गोल गर्दा राष्ट्रिय विभुती लोटससँग ५-० ले पराजित भयो । टिमका लागि चार गोल गरेका आकास खेलको म्यान अफ द म्याच भएका हुन् ा प्रतियोगिता संयोजक सोनु क्षेत्रीका अनुसार फाईनल खेल शनिबार हुनेछ । उपाधिको अर्को दावेदार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बकुलिया यसअघी नै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अमलेखगञ्जलाई हराउँदै फाईनल पुगेको छ ।