इम्प्रुभिड बीरगंज क्बल तथा बीरगंज महानगरपालिकाको सहकार्यमा सम्पन्न भएको रन फर युनिटी म्याराथनमा छात्रातर्फ प्रतिस्पर्धामा बीरगंज महानगरपालिका वडा नम्बर २३ बस्ने कल्सुन खातुन भएकी छिन भने छात्र तर्फबाट बीरगंज महानगरपालिका वडा नम्बर १६ निवासी अमरनाथ साह पहिलो भएका छन् । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले यस्ता स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने कार्यक्रमहरूको महत्व औंल्याए। उनले भने, ूसमाजमा एकता कायम राख्दै खेलकुद गतिविधिहरूको माध्यमबाट स्वस्थ र सक्रिय जीवनशैलीको विकास गर्नु आवश्यक छ। वीरगञ्ज महानगरपालिका यस्ता गतिविधिहरूलाई निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको जनाउँदै बिजेताहरुलाई पुरुस्कृत समेत गर्नुभएको हो। छात्रा तर्फ बिजेता भएकी खातुनले उनले कप, मेडल र प्रमाणपत्रसँगै टेक्नो कम्पनीबाट स्मार्टफोन, निखिल ज्वैलर्सबाट पाँच हजार नगद र तीन महिनासम्म वर्ल्डलिंकको निःशुल्क वाईफाई सेवा प्राप्त गरिन्।
दोस्रो स्थानमा रहेका वडा नम्बर १४ की प्रिति पटेलले टेक्नोको फोन, रोट्रयाक्ट क्लब अफ शंकराचार्यबाट नगद दुई हजार, र वर्ल्डलिंकबाट बोट स्पिकर प्राप्त गरिन्। तेस्रो स्थान हासिल गर्ने वडा नम्बर ११ की सरिता भूलले टेक्नोको स्मार्टफोन, नगद एक हजार र वर्ल्डलिंकबाट एअरपड्स पुरस्कार स्वरूप प्राप्त गरेकी हुन् । छात्रतर्फ प्रथम हुने व अमरनाथ साहले कप, मेडल र प्रमाणपत्रसँगै स्मार्टफोन, नगद पुरस्कार र वर्ल्डलिंकको निःशुल्क वाईफाई सेवा प्राप्त गरे। बारा कोहल्वीका रुपेश माझी दोस्रो र सोही ठाउँका रोहन माझी तेस्रो स्थानमा रहे। उनीहरूले पनि समान प्रकारका पुरस्कार र एक्सपर्ट एजुकेशनबाट निःशुल्क आईईएलटिएस कक्षा तथा ग्राफिटी डिजिटलबाट ग्राफिक डिजाइनिङको निःशुल्क कक्षा प्राप्त गरेका छन् । शंकराचार्य गेटबाट सुरु भएको म्याराथन रेल्वे रोड हुँदै घण्टघर, माइस्थान, आदर्शनगर र विर्ताबाट पुनः शंकराचार्य गेटमै आएर समापन भएको थियो । कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्विन्दलाल कर्ण, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, भारतीय महावाणिज्य दूतावासका कन्सुल मनिष दास, एनएमसीका निर्देशक आविद अन्सारी, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, र अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो भने म्याराथनमा ४ हजार जतिको सहभागिता रहेको थियो ।