मधेश प्रदेशका पुर्व मुख्यमन्त्री लालबाब राउत गद्दीले बिकाशको कार्यमा सबै राजनितिक दलका नेता तथा कार्यकताहरु एक हुनुपर्ने बताउनु भएको छ । बीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित सिडहा नदी आर्यघाटको शिलान्यास गर्दे पुर्व मुख्यमन्त्री गद्दीले बिकाशको कार्यमा बिरोध जनाउने ब्यतिm कहिले पनि देशको बिकाश नचाहेको भन्दै त्यस्ता बिकाश बिरोधीहरुलाई जनताले पहिचान गर्नुपर्ने कुरामा जोड दिनुभयो । बिकाश कार्यमा तीन तहका सरकार तथा राजनितिक दलका नेताहरु एक भएमा मात्र समुद्ध नेपाल निर्माण हुन सक्ने मुख्यमन्त्री गद्दीले भन्नु भयो, ४० लाख रुपैया बिनियोजन भएको जनाउंदै बिकाश कार्यमा बजेटको अभाव हुन नदिने दाबी गर्नुभयो । बिकाश कार्य अब तिब्र गतिमा हुने बताउंदै कसैको बिरोधले नरोकिने भन्नु भयो ा बीरगंज महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष पशुराम चौरसियाको अध्यक्षतामा सम्पन्न भएको शिलान्यास कार्यक्रममा स्थानिय वासिन्दाहरुको उपस्थिती रहेको थियो ा