संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ फुलकवलमा प्रवेशद्धार उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री गुप्ताले बहुदरमाईनगर पालिकाको बिकाश गर्नका लागी आफु कहिले पनि पछाडि नपर्ने बताउंदै नगरपालिकाको भित्र रहेको समस्या समाधान गर्नका लागी हामी सबैजना एक हुनुपर्ने कुरामा जोड दिनुभयो । प्रवेशद्धारले बहुदरामाई नगरपालिकामा आउने अतिथीहरुलाई आकर्षित गर्ने बिश्वास रहेको मन्त्री गुप्ताले भन्नु भयो, आफनो कार्यकालमा बहुदरमाई नगरपालिका सँगै पर्सा जिल्लाको बिकासको लागी पहल गर्ने तथा बिभिन्न योजना एवम् जबेट ल्याउने दाबी गर्नुभयो । कार्यक्रममा बहुदरमाई नगरपालिकाका प्रमुख सिंहासन साह कानु, नेकपा एमाले पर्साका अध्यक्ष डाक्टर बिश्वम्भर शर्मा , संखुवाप्रसौनी गाउँपालिकाका पुर्व अध्यक्ष प्रदीप जैसवाल लगायतको उपस्थिती रहेको थियो ।