पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ बैरियाविर्ताको सिसियाडी टोलमा रहेको सरस्वती प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई स्कुल ब्याग वितरण गरिएको छ । उक्त विद्यालयमा अध्ययनरत गरिब,जेहेन्दार र दलित गरी १ सय जना बालबालिकालाई स्कुल ब्याग वितरण गरिएको हो । नेपाली कांग्रेसका युवा नेता तथा बहुदरमाई नगरपालिकाको मेयर पदका आकांक्षी राकेश यादवको पहलमा साल्ट ट्रेडिङ कर्पाेरेशन काठमाडौंले बालबालिकालाई स्कुल ब्याग सहयोग गरेको हो । स्कुल ब्याग वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ,शिक्षक,अभिभावक, स्थानीय समाजसेवी लगायतको सहभागीता रहेको थियो ।