मानव स्वास्थ्यको बिकाश नभएसम्म अन्य बिकासको कुनै औचित्य नरहेको वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले बताउनु भयोा युनिसेफ नेपाल र काठमाडौ मेडिकल कलेजको आयोजनामा र बिरगंज माहानगरपालिकाको सहकार्यमा आईतबारदेखि सुरु भएको दुई दिने प्राथमिक स्वास्थ केन्द्र (ऋ।ए।ज्।ऋ) सम्बन्धि दुईदिने कार्यशाला गोष्ठीको समापन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै नगरप्रमुख बिजय कुमार सरावगीले महानगरवासीको स्वास्थ्य सेवा प्रभावकारी रुपमा प्रवाह हुनुपर्ने बताउंदै स्वास्थ्य, शिक्षा र मानवता महानगरपालिकाको प्राथामिकतमा रहेकोले दाबी गर्नु भयो ा
नागरिकले स्थानीय सरकार आएपछि घरदैलो मै प्रभावकारी स्वास्थ्य सेवाको अपेक्षा गरेकोले सोही अनुसार स्वास्थ्य सेवा प्रवाह गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो । कार्यक्रममा वीरगन्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की, स्वास्थ्य तथा सामाजिक महाशाखा प्रमुख अरुण महतो, स्वास्थ्य संयोजक ऋतेश जयसवाल, युनिसेफका प्रतिनिधिहरु ल्गायत महानगरपालिकाका स्वास्थ्य केन्द्रका कर्मचारीहरुको सहभागिता रहेको थियो ।