कालिकामाई गाउंपालिकाका कर्मचारी र जनप्रतिनिधीको सहमतीमा ब्यापक भष्ट्रचारी भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिखीत उजुरी परेपछि सोही उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग छानबीन गर्नका लागी कालिकामाई गाउंपालिकाको कार्यलयमा छापामारी गरेको होा बिभिन्न संचार माध्यमले कालिकामाई गाउंपालिकामा ब्यापक भष्ट्रचारी भएको समाचार सम्प्रेष्ण भएपछि गाउंपालिका बिरुद्ध अख्तियारमा लिखीत उजुरी परेपछि छापामारी गरिएको होा अख्तियार दुरुपयोग अनुसन्धान हेटौडाका उप सचिव बिष्णु प्रसाद सापकोटाको कमाण्डमा आएका टोलीले गाउंपालिकाले संचालन गरेको बिकाश योजना, कर्मचारी भर्ना, सडक निर्माण, धारा जडान , नदी सरसफाई जस्ता शिर्षकमा भष्ट्रचार भएको लिखीत उजुरी परेपछि छानबीन गर्नका लागी उतm टोली आएको उप सचिव एवं अख्तिार दुरुपयोग अनुसन्धान आयोगका सह सचिव बिष्णु प्रसाद सापकोटाले बताउनु भयोा पटक पटक गााउंपालिका संग आवश्यक कागजपत्र मांग एवं ताकेदा गर्दा पनि सम्पर्कमा नआएपछि छानबिन गर्नका लागी गाउंपालिकाको कार्यलयमा पुगेर छापामारी गरिएको होा अख्तियारका कर्मचारी गाउंपािलकाको कार्यलयमा छापामारी गरेपछि कर्मचारी र जनप्रतिनिधीहरु बीच खैलाबैला मच्चिएको थियोा तीन भित्र गाउंपालिकामा संचालन भएको योजनाहरुको फाईल समेत अख्तियार दुरुपयोगका कर्मचारीहरुले अनुसन्धान गरेका छन यता गाउंपालिकाका जनप्रतिनिधीले कुनै किसीमको भष्ट्रचारी नभएको दाबी गर्नुभएको छा गाउंमा बिकाश हेर्न नचाहेको केही राजनितिक दलका नेताहरुको स्वार्थका लागी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको कर्मचारी एवं जनप्रतिनिधीले प्रतिक्रिया दिएका छन