अभियन्ता प्रकाश थारुको पहलमा मंगलबार बिहान धनुषाधाम नगरपालिका–९ धारापानीबाट एक मानसिक स्वास्थ्य ठिक नभएको गर्भवतीको उद्धार गरिएको जनाईएको छ मानव सेवा आश्रम वीरगञ्ज शाखाको पहलमा मानसिक स्वास्थ्य कमजोर भएकी एक गर्भवतीकोे रिना देवीलाई उद्धार गरिएको हो । उनले अन्य मानिसलाई देख्ने बित्तिकै गाली गर्ने र एक्लै पनि कराइरहने गरेको स्थानीयले बताएका छन् । उनको अहिले वीरगञ्जस्थित प्रभु अस्पतालमा उपचार भइरहेको सामाजिक अभियान्ता प्रकाश थारुले जानकारी दिनु भयो