सानो पाइला नामक संस्था नेपालले एकलाख मास्क बितरण गर्ने घोषणा गरेको छा बीरगंजको घण्टाघरमा एक कार्यक्रमको बीच सानो पाईलाले प्रदेश नम्बर २ का ८ वटै जिल्ला सदरमुकामसहित अन्य स्थानमा गरेर १ लाख मास्क वितरण गर्ने घोषणा गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले मास्क अभियानलाई निरन्तरता दिनुपर्ने बताए । सर्वसाधारण नागरिकहरुले मास्क लगाउन बिर्सिसकेको अवस्थामा खबरदार गराउनुका साथै सचेतना फैलाउनुपर्ने सहायक प्रजिअ पौडेलेले बताउनु भयो यसैगरी आफनो सुरक्षा र अरुको सुरक्षाका लागी पनि मास्क अनिवार्य रहेको पर्साका प्रहरी उपरिक्षक बेल बहादुर पांण्डेले बताउनु भयोा अहिले माक्स नलगाउनेको संख्या दिनप्रतिदिन बढ्दै गएको हुनाले लापरवाही भएको एसपी पांण्डेले भन्नु भयोा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, पत्रकार महासंघ प्रदेश नम्बर २ का महासचिब श्याम बन्जारा लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए । सानो पाइलाका सभापति सुदिप लामाको अध्यक्षतामा भएको कार्यक्रमको बारेमा प्रकाश पार्दै संस्थाका संस्थापक कञ्चन झाले सानो पाइलाले नेपाल मास्क अभियानलाई सफल पार्नका लागि १ लाख मास्क वितरण गर्ने लक्ष्य लिएको बताए । आम नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट सुरक्षित राख्नका लागि जनचेतना जगाउने अभिप्रायले निःशूल्क रुपमा मास्क वितरण गरिएको झाको भनाई छ