६६ औं प्रहरी दिवस बीरगंजमा मनाईएको छा दिवसको अवसरमा पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमीरेले प्रहरीका कारण नै सर्वसाधारण नागरिकहरुले शान्ति सुरक्षाको अनुभुति गरेको बताउनु भयोा प्रहरी शान्ति सुरक्षा र अपराध नियन्त्रण गर्नु हरेक प्रहरीको दायित्व रहेको प्रमुख जिल्ला अधिकारी घिमीरे भन्नु भयो, प्रहरी पनि यही समाजको अंग हो समाजमा बिकृती बिसंगती नियन्त्रण गर्नमा पर्सा प्रहरीले अहम भुमिका खेलेको बताउनु भयोा ६६ औं प्रहरी दिवसमा पर्साका प्रहरी उपरिक्षक बेल बहादुर पांण्डेले बिगत तुलनामा आमनागरिकहरुले प्रहरीप्रति बिश्वास बढ्दै गएको बताउनु भएको छा हरेक प्रहरीले आफनो ईमान्दारीको साथ आफनो कर्तब्य बहन गर्नुपर्ने कुरामा जोड दिनु भयोा आपनो धर्म र कर्तब्यबाट पछाडि हट्ने प्रहरीलाई यस संगठनमा कुनै स्थान नभएको प्रहरी उपरिक्षक पांण्डेले भने, शान्ति सुरक्षाका लागी प्रहरी २४ घण्टा तैनाथ रहेको बताउंदै प्रहरीप्रतिको नकारात्मक धारणालाई हटाएर प्रहरी मेरो साथी अवधारणालाई अबलम्बन गर्नुपर्ने कुरामा जोड दिनुभएको छा प्रहरीसाग समन्वय र सहकार्य गरी सामाजिक क्षेत्रमा योगदान गरेको भन्दै बिभिन्न संघ संस्थाहरुलाई सम्मान गरिएको छा कार्यक्रममा सशस्त्र प्रहरी १३ नम्बरका गणपति राजेन्द्र खड्का, राष्ट्रिय अनुसन्धान आयोगका प्रहरी उपरिक्षक उधोग वाणिज्य संघ बीरगंजका अध्यक्ष सुबोध गुप्ता , नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य दिपेन्द्र चौहान लगायतले शुभकामना मन्तब्य ब्यतm गर्नु भएको थियोा कार्यक्रममा प्रमुख अतिथी पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमीरे अध्यक्षतामा भएको थियोा