जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरिक्षक बेल बहादुर पांण्डेको मोबाईलमा रिंड बज्छ, फोन रिसिर्भ गर्न बितीकै एसपी पांण्डेलाई सुराकीले सर नमस्कार भन्दै सुराक दिन्छ ा प्रहरी उपरिक्षक पांण्डेले सुराक पाउन बितीकै का्रईम बांन्च्रका सई बिनोद सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले मालवाहक ट्रकलाई नियन्त्रणमा लिई चेकजांच गर्दा बिलबिजक भन्दा बढी परिणाममा रहेको किराना सामान र हार्डवेयर बरामद भएपछि थप कारवाहीको लागी बारा पथलैया स्थित रहेको राजस्व अनुसन्धान कार्यलयमा पठाएको छा बीरगंजको भगवती टा्रन्सपोर्टमा लोड भएको ना ६ ख १३७ नम्बर मालवाहक ट्रक बीरगंजबाट रुपन्देही तर्फ जांदै गरेको अवस्थामा प्रहरीले घंटाघरबाट नियन्त्रणमा लिएका छन तस्करी गरी ल्याएको किराना र हार्डवेयरको सामान ट्रक भित्र लुकाई छिपाई रुपन्देही तर्फ लगीरहेको यो घटनाले स्पष्ट भएको छा प्रहरीले मालवाहक ट्रक चालक मकवानपुर राक्सीथिड गाउँपालिका वडा नम्बर ३ बस्ने ४० वर्षीय सुन बहादुर थिड सहित ट्रकको पच्चास लाख मुल्याड्कन गरी राजस्व अनुसन्धान कार्यलय पथलैया पठाएको पर्साका डिएसपी एवं प्रवतmा ओम प्रकाश खनालले बताउनु भयोा मालवाहक ट्रक भित्र अबैध सामान प्रहरीले पहिला पनि बरामद गरेका हुन राजस्व बृद्धी गर्न जिम्मा लिएका बीरगंज भन्सार , आईसीपी र सुख्खा बन्दरगाहका कर्मचारीहरुको मिलोमतोमा नै टक्र माध्यमबाट ठुलो परिणाममा तस्करी भईरहेको पहिलाको घटनाले पनि उजागर भएका छ ा