व्यवसायिक कृषिलाई जोड दिद बीरगंज महानगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको विऊ वितरण शुरु गरेको छ । नगर क्षेत्र भित्रका किसानहरुलाइ उन्नत जातको गहुँको बिऊ बिहीवार देखी वितरण गर्न सुरु गरेको मेयर सरावगीले भने, कृषकहरुलाई कृषि उत्पादनमा प्रोत्साहन गरी उत्पादकत्व बढाउन महानगरपालिकाले अनुदानमा गहुँको विऊ वितरण शुरु गरिएको होा महानगरपालिकाले ४० टन भन्दा बढी गहुँको बिऊ वितरण गर्ने योजना रहेको महानगरको नगर प्रमुख सरावगीले दाबी गर्नु भयोा वीरगन्ज महानगरपालिकाले अहिले पहिलो चरणमा एनएल ९७१ जातको गहुँ किसानलाई वितरण गरेको र यसपछि विजय जातको गहुँ वितरण गरिने महानगरपालिकाको कृषि शाखा प्रमुख उर्मिला श्रेष्ठले जानकारी दिनुभयो । अहिले महानगरपालिकामा अगुवा जातको गहुँको बिऊ वितरण सुरु गरिएको छ ।