नेपाली कांग्रेसको हिजो सम्पन्न वडा अधिवेशन अन्तरगत निर्विरोध निर्वाचित तथा निर्वाचन प्रणाली मार्फत विजय भएका बुथ सभापति, क्षेत्रिय प्रतिनिधि, बुथ पदाधिकारीहरुको नामावली सार्वजनिक हुने क्रम जारी रहेको छ । नेपाली काङ्ग्रेस वीरगञ्ज महानगरपालिका वडा नम्बर १० को वडा सभापतिमा रामनगिना साह कानु विजयी भएका छन् । १४ औँ महाधिवेशनलाई मध्यनजर गर्दै वडामा बुधवार सम्पन्न अधिवेशनबाट सर्वसंवत रुपमा कानुलाई वडा सभापतिमा चयन गरिएको हो । निर्वाचन अधिकृत प्रदिप कुमार जैसवालका अनुसार कानुको सभापतित्वमा गठीत वडा समितिको उपसभापतिमा आसाराम गुप्ता, राकेस कुमार साह, सचिवमा भैरव बहादुर महर्जन सह–सचिवमा राहुल कुमार गुप्ता र शुभनारायण प्रसाद पटेल रहेका छन् । सदस्यहरुमा सुमेश्वर साह, नितेश चौधरी, आकाश गुप्ता, सुनिल कुमार गुप्ता, सुनिल कलवार रहेका छन् ।प्रदेश नम्बर २ का खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्माको उपस्तिथिमा भएको वडा अधिवेशनमा नेताहरु राकेश सिंह, बैकुण्ठ श्रीवास्तव, किरण सरकार, मनोहर साह लगायतको उपस्थिती रहेको थियो ।
त्यसैगरी वीरगंज महानगरपालिका वडानम्बर २ मा फिरोज आलमको अध्यक्षतामा ३० सदस्यीय बुथ समिति निर्विरोध चयन गरिएको छ । यसैगरी वीरगंज महानगरपालिकाका वडा नम्बर २५ बाट बुथ सभापतिमा भैयाराम पटेल सर्वसम्मतले निर्वाचित भएका छन भने क्षेत्रिय प्रतिनिधिमा अशोक तिवारी लगायतका निर्वाचित भएका छन । त्यसैगरी महानगरपालिकाकै वडा नम्बर २६ मा शम्भु मिश्रा बुथ सभापतिमा निर्विरोध निर्वाचित भएका छन
।यसैबिच पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ५ बिरञ्चीवर्वामा पनि गएराति सम्पन्न वडा अधिवेशनबाट अमिरका लोहारको प्यानल बिजयी भएको छ । नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनका लागि सम्पन्न वडा अधिवेशनबाट वडा सभापतिमा अमिरका लोहार बिजयी हुनु भएको हो । त्यस्तै उपसभापतिमा असर्फि राउत, सचिवमा माधोकुमार चौहान र हिरा प्रसाद चौहान वमा बिजयी भएका छन् । रामअयोध्या प्रसाद चौहान र तेजबहादुर प्रसाद सर्वसहमतिमा सहसचिव बनेका छन् ।अधिवेशनले १५ सदस्यीय वडा समिति गठन गरेको छ । सदस्यहरुमा लालपरी देवी महरा, रिमा देवी, प्रभा देवी, इब्राहिम मियाँ, छोटेलाल राम र रमानन्द प्रसाद रहेका छन् ।