पोखरीया अस्पतालको व्यवस्थापन सुधार्न माग गर्दै लोकतान्त्रिक समाजवादी पार्टीले बिहीवार ज्ञापन पत्र बुझाएको छ । प्रदेश सरकारले पठाएको रकम फ्रिज हुने बातावरणको अन्त्य गर्न आग्रहका साथ पोखरीया अस्पताललाई प्रदेश सरकारले स्तर उन्नती गरी आवश्यक जनशक्ति पठाउने प्रतिबद्धता पुरा नगरेको र नगरपालिकाले समेत पोखरीयाअस्पतालको व्यवस्थापन गर्न नसकेको भन्दै तत्काल अस्पताललाई सुधारगर्न माग सहित लोसपाका नेता नेजामोद्दिन समानीको नेतृत्वमा गएको टोलीले पोखरीया नगरपालिकामा ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा पोखरीया अस्पतालमा विरामीहरुलाई भर्ना गरी उपचारको व्यवस्था मिलाउनु पर्ने, स्वास्थ्य विमा गरिएकालाई निःशुल्क औषधी तथा उपचारको व्यवस्था मिलाउनु पर्ने, पोखरीयाका विद्यालयहरुलाई व्यवस्थित गर्नु पर्ने, शिक्षकको खाली रहेको दरवन्दीमा तत्काल शिक्षक नियुक्त गर्नुपर्ने लगायतका माग पुरा नभएमा मंसिर १२ गते आईतबार देखि धर्ना, सभा, जुलुस, प्रदर्शन जस्ता विरोधका कार्यक्रम गर्ने चेतावनी समेत दिईएको छ ।