कोरोना बिरुद्ध र बालवालिकाहरुलाई लगाईने नियमित खोप भण्डारणका लागि महानगरपालिकाले खोप भण्डारको स्थापना गरेको मेयर सरावगीले बताउनु भयोा खोप भण्डार उद्घाटन गर्दै नगर प्रमुखले खोप नपाउने समस्याबाट बीरगंजवासीहरु मुतिm हुने दाबी गर्नु भयोा कोरोना बिरुद्धको खोप पाएपनि भण्डार गर्ने स्थान नभएपछि बीरगंजवासीहरु खोपबाट बञ्चि भएको नगर प्रमुखले भने, अब नगरवासीहरुलाई खोपको समस्या हुन नदिने भन्दै बालवालिकाहरुलाई लगाईने नियमित खोप लगाईने बताउनु भएको छा खोप भण्डारण गर्ने स्थान अभावले आवश्यक खोपको मात्रा वीरगन्जभन्दा बाहिर नै भण्डारण गनुपर्ने अवस्थाले वीरगन्जमा समयमा खोप नपाउने समस्या भोग्दै आएका वीरगन्ज महानगरवासीले अब भने भण्डारण अभावले खोप नपाउने समस्याबाट मुक्ति पाउने भएको छन वीरगन्ज महानगरपालिकाले पाँच लाख रुपैंयाको एउटा (आईएलआर) खोप चिसो बनाई राख्ने रेफ्रिजेरेटर, प्रदेश सरकार र जिल्ला स्वास्थ्य कार्यालबाट पनि खोप चिसो राख्ने रेफ्रिजेरेटर, एकसय वटा आईस्प्याक फ्रिजर, १६ वटा खोप बोक्ने भ्याक्सिन क्यारियर, ७ वटा कोल्ड बक्स र २ वटा धेरै खोप बोक्न मिल्ने (लक्जम्बर्ग) लगायतका उपकरणहरु महानगरपालिकामा उपलब्ध भएको महानगरपालिकाका स्वास्थ्य संयोजक रितेश जयसवालले बताउनुभयो । खोप भण्डार स्थापनासँगै अब महानगरपालिकावासीलाई आवश्यक पर्ने खोप राख्न मिल्ने चेन कोल्ड सब स्टोर स्थापना गरेको होा चेन कोल्ड सव स्टोर स्थापनाले महानगरपालिकामा खोप सहज रुपमा पाउन सकिने नगर प्रमुख सरावगीको भनाई रहेको छ ।