अन्तराष्ट्रिय बाल अधिकार दिवसको अवसरमा देशभरी बिभिन्न कार्यक्रम गरी मनाएका छन बीरगंजमा पनि अन्तराष्ट्रिय बाल दिवसको अवसरमा चाइल्ड हब नेपालले शनिवार आयोजना गरेको वक्तृत्वकला प्रतियोगिताको उदघाटन गर्दै प्रमुख अतिथि सरावगीले कोभिडको पहलो चरण र दोसा्रे चरणमा बिधालय बन्द गर्न निर्णय सही रहेको कुरामा जोड दिनु भयोा देशभरी फैलिएको कोरोना भाईरसले सबैभन्दा बढी बालवालिकालाई प्रभावित गर्न भएको हुनाले कोरोना कालभरी नगर क्षेत्र रहेको बिधलाय बन्द गर्नु पर्ने निर्णय लिएको नगर प्रमुख सरावगीले भने, कोरोना महामारीले लामो समयसम्म विद्यालय बन्द हुँदा विद्यार्थीहरुको शिक्षामा नकारात्मक प्रभाव पार्नुका साथै अभिभावकहरु चिन्तित भएको अवस्थामा महानगरपालिकाले शुरुमा कक्षा ८ देखिमाथिको पठनपाठन शुरु गर्ने निर्णय गरेको र सोही निर्णयकै आधारमा देशभरका विद्यालयहरु खुला भएको बताउनुभयो । कोभिड–१९ को हटस्पट बनेको वीरगन्जमा शुरुमा कोभिड संक्रमण नियन्त्रण र व्यावस्थापनमा अपनाईएको पद्धति पनि देशकै लागि उदाहरणीय बनेको र शिक्षा क्षेत्रमा पनि महानगरपालिकाले अपनाएको मोडालिटी सही सावित भएको नगर प्रमुख सरावगीले दावी गर्नुभयो । कोरोनाको जोखिम कायमै रहेको अवस्थामा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर जोखिम कम हुने कक्षाहरु मात्रै संचालनमा ल्याइएको र यसले धेरै बालबालिकाहरुको शिक्षामा नाकारात्मक प्रभाव पर्नबाट जोखिएको बताउनुभयो । उहाँले तेश्रो लहरको कोभिडको जोखिम हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी नारायणी अस्पतालमा निजीक्षेत्रले स्थापना गरेको सघन बाल उपचार कक्ष स्थापनासँगै बालबालिकाहरुलाई जोखिम न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रमहरु महानगरपालिकाले निरन्तर जारी राखेको बताउनुभयो ।