प्रहरी चौकी ईनर्वा र लागु औषध ब्युरोले बीरगंजबाट लागु औषध सहित दुई जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको छा भारतको रक्सौलबाट बीरगंजतर्फ पैदल आईरहेका चितवन रत्ननगर वडा नम्बर ११ बस्ने ससमर नेपाली र सोही स्थान बस्ने सुरेश बिक शंकाको आधारमा बीरगंज महानगरपालिका वडा नम्बर १६ शंकराचार्यगेट नजिकै शरीर खानतmाशी गर्दा लुकाई छिपाई राखेको अवस्थामा नाईटा्रेभेट ट्रयाबलेट ४५० पिस, कोरेकस सिरप १९ बोतल, डाईजीपाम २५ एम्पुल, नुफ्रिन २५ एम्पुल र फेनरागन २५ एम्पुल बरामद भएको पर्साका डिएसपी ओमप्रकाश खनालले बताउनु भयोा प्रकाउ परेका नेपाली र बिकलाई जिल्ला प्रहरी कार्यलय पर्साको हिरासतमा राखी अनुसन्धान भईरहेको छा