बीरगंज नगरक्षेत्रमा सवारी दुर्घटना न्युनीकरण तथा पाकींग ब्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यलय पर्सा र सामुदायिक प्रहरी साझेदारी बीच सर्वपक्षीय बैठक सपन्न भएको छा जिल्ला प्रशासन कार्यलय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको नेतृत्वमा बसेको बैठकले बिभिन्न सात बुंदे निर्णय समेत गरेको छा बैठकमा बिवाहको नाममा अश्लील गाना बन्द गर्नु पर्ने , राती १० बजे पछि आर्कष्टा बन्देज गर्नुपर्ने , टा्रफिक ब्यवस्थापनका लागी होटल , धर्मशाला लगायतहमा े सेक्युरेटी गार्ड अनिवार्य हुनुपर्ने , टा्रफिक ब्ष्वस्थापन गर्नका लागी आफु जिम्मेवार हुनुपर्ने, होटल र धर्मशालामा अनिवार्य सिसी क्यामरा जडान गर्नुपर्ने, राती १० बजेपछि रेष्टुरेन्ट बार बन्द हुनुपर्ने , सवारी साधनहरुले टा्रफिक नियमको पालना गर्नुपर्ने र घंटाघरको पार्टी प्लेश , धर्मशाला, होटलहरुले बिपी उधान नजिकै पार्कीगं गर्नुपर्ने , आर्दशनगर अलखिया मठ नजिकै पार्कीग, छपकैया बिर्ता क्षेत्रले ईदगाहा चौक नजिकै पार्कीग गर्नुपर्ने लगायत बैठकमा निर्णय भएको होा बैठकमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल,पर्साका डिएसपी प्रल्हाद कार्की, टा्र्फिक प्रहरी प्रमुख सुबोध कार्की , वडा प्रहरी कार्यलय बिर्तामा प्रहरी निरीक्षक राजेश पुरी लगायत बिभिन्न होटल ब्यवसायी तथा संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियोा