न्यायपालिकालाई भष्ट्र बनाउनेहरुलाई न्यायलयमा बस्ने अधिकार नरहेको नेपाल बार एशोसिएसनका पुर्व अध्यक्ष हरिहर दाहालले बताउनु भयो ा न्यायकि सुशासन , न्यायिक सुद्धीकरण हाम्रो प्रतिबद्धता भष्ट्रचार मुतm अदालत नाराका साथ नेपाल बार एशोसिएसनको आंदोलनमा उच्च अदालत बार एशोसिएसन बीरगंजमा आयोजित धर्ना तथा बिरोध सभालाई सम्बोधन गर्दे अध्यक्ष दाहालले बर्तमान स्थितीमा न्यायपालिकामा ब्यापक भष्ट्रचारी बढ्दै गएको, न्यायलयमा मनपोली निर्णय हुने गरेको हुनाले नैतिकताले पनि प्रधानन्यायधिश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने कुरामा जोड दिनु भयो ा न्यायपालिका निष्पक्ष हुनु पर्छ कसैको दबाबमा आएर फैसला गर्नु हुदैन् ा सबै स्थानहरुबाट आम नागरिक न्याय नपाउने आश भएपछि न्याय पाउने आशमा न्यायपालिकाको ढोकामा आउने गर्छन् ,अहिले न्यायमुर्ति नै भष्ट्रचारीमा लिप्त भएपछि आमनागरिकले कसरी ँन्याय पाउन सक्छन् नेपाल बार एशोसिएसनका पुर्व अध्यक्ष हरिहर दाहालले भने, न्यायको मन्दिरलाई प्रदुषित बनाउने र न्यायकी देबीलाई बलात्कार गर्ने प्रधानन्यायधिशले राजीनामा नदिएसम्म धर्ना र बिरोध कार्यक्रम जारी रह्ने अध्यक्ष दाहाले बताउनु भयो ा यसैगरी नेपाल बार एशोसिएसनका केन्द्रिय सदस्य भिमसेन बञ्जाराले प्रधानन्यायधिशले न्यायपालिकालाई नै दुषित बनाउनु भएको छ ा एकजना ब्यतिmको कारण न्यायपालिकालाई नै बद्नाम भएको बताएा प्रधानन्यायधिश जबराले आफन्तहरुलाई मात्र नियुक्तmीका साथै सरुवा बडुवा गराउने भएको हुनाले प्रधानन्यायधिशले राजीनामा दिनुपर्ने बताउनु भयो ा न्यायपालिकालाई सुद्धीकरण गर्नका लागी कानुन ब्यवसायीहरुले उतm आंदोलन र धर्ना कार्यक्रम गरेको केन्द्रिय सदस्य बञ्जाराले भन्नु भयो ा उच्च अदालत बार एशोसिएसन बीरगंजका अध्यक्ष प्रमोद साहको अध्यक्षतामा सपन्न भएको बिरोध सभामा उच्च अदालत बार एशोसिएसन बीरगंजका सुधिर कर्ण, लगायत उच्च अदालत बार एशोसिएसन बीरगंजका पदाधिकारी सहित जिल्ला अदालत , रौतहट जिल्लाका न्यायधिशm एवं कानुन ब्यवसायीहरुको बाक्लो उपस्थिती रहेको थियो ा