रकारले स्थानीय तह निर्वाचनको तयारी सुरु गरेसँगै चुनाव लडने मानसिकता बनाएका स्थानिय तहका जनप्रतिनिधिहरुले टिकटका लागि नेताहरुको घरदैलो र केन्द्र सम्म धाउन शुरु गरेका छन् । स्थानिय तहमा २०७४ मा निर्वाचित जनप्रतिनिधिहरुले सो स्थानमा आफू नै निर्वाचन लडने मानसिकताका साथ आ–आफ्ना दलका नेताहरुलाई रिझाउन थालेका छन । दल विहिन बनेका जनप्रतिनिधिहरु पनि टिकटको आशमा ठूला दलका नेताहरुको पछि लाग्न थालेका छन । वारा, पर्सा लगायतका जिल्लाहरुमा स्थानिय तहमा जनप्रतिनिधिहरुले जनताकोकाम भन्दा पनि कार्यकर्ता पोस्ने कार्य गरेको हुँदा जनतामा निरासा छाएको र २०७४ मा निर्वाचित जनप्रतिनिधिहरुले सोचे जस्तो सजिलै चुनाव जित्ने र टिकट पनि पाईहाल्ने अवस्था नरहेको राजनीतिक विश्लेषकहरुले बताएका छन । पाँच वर्षे कार्यकालका लागि २०७४ वैशाखमा निर्वाचित स्थानीय तहका पदाधिकारीको अवधि आगामी जेठ ५ मा सकिँदै छ । स्थानीय तहको निर्वाचनलाई लिएर आयोगले आन्तरिक तयारी सुरु गरिसकेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकार दृढ रहेको बताउनुभयो । उहाले स्थानीय तह पुनः पदाधिकारीविहीन त हुने होइन भन्ने सवालमा सरकार सचेत रहेको र लोकतन्त्र तथा लोकतान्त्रिक सङ्घसंस्थालाई जीवन्त राखेर जनतालाई सेवा सुविधा प्रभावकारी रूपमा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउनुभयो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रधानमन्त्री र निर्वाचन आयुक्तहरुसँग भएको छलफल बमोजिम आयोगले आन्तरिक तयारी सुरु गरेको जानकारी दिनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले कात्तिक दोस्रो साता निर्वाचन आयोगका आयुक्तहरुसँग परामर्श गर्नुभएको थिया