समाजमा अझै एड्स सक्रमितहरु ईज्जत प्रतिष्ठा जाने डरले लुकेर बस्ने प्रवृति रहेको छ । बारामा २०२१ को अक्टुबरमा ११ र नोभेम्बरमा ८ जना नयाँ एचआईभी संक्रमितहरु भेटिएको कलैया उपमहानगरपालिका ४ स्थित रहेका ब्लु हेभेन नेपाल संस्थाले जनाएको छ । एचआईभी संक्रमितहरुले समय समयमा चिकित्सकको सल्लाह, नियमित औषधी सेवन तथा यसक्षेत्रमा कामगर्ने कर्मचारीहरुको निगरानीमा रहेमा धेरै दिनसम्म बाच्न सक्ने तथा यो, रोग न्यूनिकरण हुन सक्ने ब्लु हेभेन नेपालका प्रोग्राम कोडिनेटर पूर्णिमा श्रेष्ठले जानकारी दिनुभयो । एचआईभी रोग सर्न नदिने तथा यसको न्यूनिकरणको लागि जिल्लाका १६ स्थानीय पालिकामा उचित प्रचार प्रसार नहुँदा संक्रमितहरु लुक्ने गरेको श्रेष्ठले बताउनु भयो । बारा जिल्लामा करिब ४ सय ६० जना भन्दा बढीको संख्यामा एचआईभी संक्रमितहरु रहेपनि ब्लु हेभेन नेपाल कलैयाको सम्पर्कमा १ सय ३१ जना आएका छन