पर्साको धोबिनी गाउँपालिकाका सामुदायीक विद्यालयहरुमा रोकिएको दिवा खाजा कार्यक्रम पुनः सुरु भएको छ । चालू आर्थिक वर्ष २०७७÷७८ को साउन महिनादेखि रोकिएको दिवा खाजा मंसिर ७ गतेदेखि पुनः सञ्चालनमा आएको हो । धोबीनी गाउँपालिकाले कार्तिक महिनामा दिवा खाजा बराबरको रकम निकासा गरेपछि त्याहाँस्थित १७ वटा सामुदायीक विद्यालयहरुमा दिवा खाजा पुनः सुरु गरिएको गाउँपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मीले बताउनुभयो । वडा नम्बर १ स्थित श्री नेपाल राष्ट्रिय माद्यामिक विद्यालय भिखमपुर पिपरामा पुगेर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साह, गाउँपालिकाका स्वास्थ्य संयोजक सञ्ज्य यादवसहितको टोलीले दिवा खाजा कार्यन्वयन भए÷नभएको बारेमा अनुगमन गरेको छ । गरिब, जेहेन्दार एवम् दलित परिवारका बालबालिकाहरुको विद्यालयसम्म पहुँच बढाउने अभिप्रायले सरकारले लागु गरेको दिवा खाजा कार्यक्रम प्रभावकारी देखिएको प्रमुख प्रशासकिय अधिकृत साहले बताउनु भयो ।