नाबालिकालाई बलात्कार गरेको आरोपमा पर्सा प्रहरीले दुईजनालाई प्रकाउ गरेको छ ा १७ वर्षीय बालिकालाई प्रलोभन दिई बीरंज महानगरपालिका वडा नम्बर २४ सिर्सिया खोलाको किनार स्थित रहेको रहबरको बारीमा बीरगंज महानगरपालिका वडा नम्बर ७ रामटोल बस्ने २१ वर्षीय बाबु भन्ने बिक्रम पटेल जबरजस्ती करणी गरेको हो ा १७ वर्षीय बालिकाले घर पुगेर आफनो अभिभावकलाई घटनाको जानकारी गराएपछि अभिभावकले पर्सा प्रहरीमा जबरजस्ती करणीको जाहेरी दर्खास्त दिएपछि सोही जाहेरीको आधारमा ब्रिकम पटेललाई रामटोलबाट नै पकाउ गरिएको हो ा यसैगरी घरमा अभिभावक नभएको बखतमा १४ वर्षीय नावालिकालाई बलात्कार गरेको आरोपमा जीराभवानी गाउंपालिका वडा नम्बर २ बस्ने २० वर्षीय प्रभु साहलाई प्रहरीले प्रकाउ गरेको हो ा १४ वर्षीय नाबालिकाका अभिभावक उपचारको क्रममा बीरगंज आएको पिडीतका बुवा आमा उपचार गर्न गएको अवस्थामा घरमा साना भाई बहिनीहरुमात्र भएको मौकाको फाईदा उठाउंदै प्रभु साहले १४ वर्षीय बालिकालाई बलात्कार गरेका हुन जबरजस्ती करणी गरेको आरोपमा प्रकाउ परेका कुर्मी र कानुलाई सात दिनको अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको पर्साका डिएसपी एवम् प्रवतmा ओमप्रकाश खनालले बताउनु भयो ा