प्रदेश नम्बर २ सरकारले संचलान गरेको बेटी पढाउं, बेटी बचाउँ अभियान अन्तर्गत बीरगंज महानगरपालिका वडा नम्बर २९ बसडिलवा स्थित रहेको श्री नेपाल राष्ट्रिय आधारभुत बिधालयका बीस छात्राहरुलाई साईकल बितरण गरिएको छ ा नेपाल राष्ट्रिय आधारभुत बिधालय ब्यवस्थापन समितीका अध्यक्ष जितेन्द्र प्रसाद पटेलको अध्यक्षतामा कक्षा ८ उर्तिण गरेर कक्षामा प्रवेश गरेका छात्राहरुलाई साईकल बितरण गरिएको ब्यवस्थापन समितीका अध्यक्ष पटेलले बताउनु भयो ा साईकल बितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य करिमा बेगमले साईकल बितरण कार्यक्रमले गर्दा छात्राहरु पढाईमा आर्कषित गर्नुको साथै अध्ययनमा उत्प्रेरित गरेको दाबी गर्नु भयो ा साईकलले गर्दा नै बिधालय बाहिर रहेका छात्राहरु ीबधालय आउने गरेको प्रदेश सभा सदस्य करिमा बेगमले भन्नु भयो ा कार्यक्रममा जसपाका सचिव तबरेज आलम, संघिय शिक्ष्ाँक फोरम पर्साका अध्यक्ष हरेन्द्र चौरसिया, सचिव रामाधर साह , वडा नम्बर २९ का वडा अध्यक्ष धर्मेन्द्र प्रसाद थारु लगायतको उपस्थिती रहेको थियो ा