बिधुत चोरी गरीरहेको अवस्थामा रौतहट प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ ा नेपाल बिधुत प्राधिकरण मौलापुर बितरण केन्द्रको चुहावट नियन्त्रण टोली , ईलाका प्रहरी कार्यलय गरुडा र सशस्त्र बेस क्याम्प देबाहीको संयुतm टोलीले छड्के चेकिंग गर्दा हुकिंग गरी बिधुत चोरी गरेको अवस्थामा सात जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यलय गरुडाका डिएसपी श्रीराम भण्डारीले बताउनु भयो ा प्रकाउ पर्नेहरुमा कटहरिया नगरपालिका वडा नम्बर १ निवासी राधेश्याम यादब, वडा नम्बर २ बस्ने राजु प्रसाद यादब, सोही स्थान बस्ने सरफलाल यादब र राजकिशोर साह रहेका छ भने कटहरिया वडा नम्बर ३ बस्ने नथुनी भांट, रामगुलाम पाश्वान, र देवाही ४ बस्ने महेन्द्र बैठा रहेका छन् ा प्रकाउ परेकाहर अहिले प्रहरी हिरासतमा रहेका छन् ा