रेडियो बीरगंजले १९ औं वार्षिकोत्सवको अवसरमा साताब्यापी कार्यक्रम गरिने रेडियोका कार्यकारी अध्यक्ष धु्रब साहले बताउनु भयो ा रेडियो बीरगंजको परिसरमा पत्रकार सम्मलेनको आयोजना गर्दै मध्यतराईको पहिलो रेडियो बीरगंजले आफनो १९ औं वार्षिकोत्सवको अवसरमा साताब्यापी बिबिध कार्यक्रम संचालन गर्ने अध्यक्ष साहले बताउनु भयो ा मंसीर १८ गते रेडियो बीरगंजले खुल्ला रतmदान कार्यक्रम गरिने , २५ गते बृहत सांस्कृतिक कार्यक्रमको सम्पुर्ण तयारी भईसकेको रेडियोका कार्यकारी अध्यक्ष साहले भने, रतmदान कार्यक्रममा सहभागी हुनका लागी शुभेच्छकहरु संग आग्रह पनि गर्नु भएको छ ा मंसिर २५ गते दिउंसो १ बजे बीरगंज महानगरपालिका आर्दशनगरमा ृहत सांस्कृतिक कार्यक्रम हुने लागेको आयोजकले बताए ा उतm कार्यक्रममा नेपालको ख्याती कलाकार प्रकाश सपुतm हेमन्त शर्मा, गायिका एलिना चौहान, अस्मिता अधिकारी, कमल खत्री, सञ्जु अमात्य, सुनिल पंण्डित, हास्य कलाकार सुबोध गौतम लगायत स्थानिय कलाकार उपस्थिती हुने अध्यक्ष साहले बताउनु भयो ा वार्षिकोत्सव अवसरमा मंसिर २७ गतेदेखी टिभी बीरगंज संचालनमा आउने अध्यक्ष साहले बताएा रेडियो बीरगंजले आफनो वार्षिकोत्सव हरेक वर्ष झै यस वर्ष पनि साताब्यापी कार्यक्रम गरी मनाईरहेको छ ा