पर्सा प्रहरीले बिशेष सुचनाको आधारमा घरेलु मदिरा बोकेको ट्रक सहित चालकलाई नियन्त्रणमा लिई थप कारवाहीको लागी आन्तरिक राजस्व कार्यलय बीरगंजमा पठाएको डिएसपी एवं प्रवतmा ओम प्रकाश खनालले बताउनु भयो ा मकवानपुरबाट बीरगंज तर्फ आउंदै गरेको बा प्र ०३ ००१ क् ०२९९ नम्बरका मालवाहक मिनी ट्रकलाई पर्सा प्रहरीले बीरगंज महानगरपालिका वडा नम्बर २१ परवानीपुरचोक नजिकै नियन्त्रणमा लिई चेकजांच गर्दा लुकाई छिपाई राखेको अवस्थामा ३५० लिटर मदिरा बरामद भएको हो ा घरेलु मदिरा भेटिएपछि मालवाहक ट्रकका चालक मकवानपुर भिमभेदी गाउँपालिका वडा नम्बर १ बस्ने ३० वर्षीय सुर्य बहादुर पाख्रिनलाई पर्सा प्रहरीले ट्रक सहित नियन्त्रणमा लिएको हो ा