गुह सचिव टेकनारायण पांण्डेलाई उधोग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता सहितको टोलीले भेटधाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ा भेटधाटमा अध्यक्ष गुप्ताले उधोग वाणिज्य संघ , तथा बिभिन्न संस्था र बितीय संस्था संग सहकार्य गरी बीरगंजको बिभिन्न स्थानहरुमा सिसी क्यामारा जडान गरीएको बताउनु भयो ा सेफर बीरगंजको परियोजनाले नगर क्षेत्र एरियामा जडान गरिएको सिसी क्यामाराले निगरानी गर्दै आएको बताउनु भएको छ ा सिसि क्यामरा जडान भएदेखी कुनै अपराधिक घटना भएको छैन् ा सेफर बीरगंजको पहलमा जडान गरिएको सिसी क्यामराले गर्दा नगर एरिया भित्र शान्ति सुरक्षाको महसुस भएको अध्यक्ष गुप्ताको भनाई रहेको थियो ा सिसी क्यामार जडानको लागी स्थानीय उद्योगी व्यवसायी, बैंक तथा वित्तीय संस्था, समाजका अगुवा नागरिक र वीरगञ्ज महानगरपालिका बाहेक अरु कुनै सरकारी निकायबाट कुनै किसिमको सहयोग प्राप्त नभएको जानकारी गराउँदै सेफर वीरगञ्जलाई थप सिसिटिभी क्यामेरा जडान, सञ्चालन तथा मर्मत सम्भारमा सहयोग गर्न गृह मन्त्रालयबाट आवश्यक बजेट विनियोजनको व्यवस्थाको लागि उधोग वाणिज्स संघ बीरगंजका सुबोध गुप्ताले गृह सचिव पांण्डेको ध्यानाकर्षण गराउनु भएको थियो । गुह मन्त्रालयले बारा र पर्साको औधोगिक कोरिडोमा सुरक्षाका लागी औधोगिक सुरक्षाबल स्थापना गरेको थियो स्थापना गरेको केही वर्षमा नै सरकारले बिधटन गरेकोमा अध्यक्ष गुप्ताले आपती जनाए ा औधोगिक कोरिडोरमा सुरक्षाबल हुदां ब्यवसायी र उधोगीपतिहरुले शान्ति सुरक्षाको महसुस गर्थे ा बिघटन भएको सुरक्षाबल पुन स्थापनाको लागी गुह सचिव पांण्डे संग गुप्ताले आग्रह गर्नु भएको छ ा सिमावर्ती क्षेत्रमा विगतमा हुँदै आई रहेको “क्रस बोर्डर बैठक” पुनः संचालनमा ल्याउनु पर्ने, “स्माईलिग पुलिस”को अवधारणा लागु गर्नुका साथै भारतबाट नेपाल आउने पर्यटकहरुलाई भारतीय रुपैया पाँच सय, एक हजार तथा दुई हजारका नोट ल्याउनु दिनु पर्ने गृहसचिव पाण्डेलाई अनुरोध गर्नु भएको थियो ।
गृह सचिव टेकनारायण पाण्डेले आपूm शान्ति सुरक्षाप्रति आफु गम्भीर रहेको बताउंदै शान्ति सुरक्षामा कसैसंग सहकार्य नगर्ने बताउनु भयो ा सेफर वीरगञ्जले थालनी गरेको सिसिटिभी जडान गरी निगरानी गरिरहेको कार्य अत्यन्तै सराह्नीय रहेकोले सेफर वीरगञ्ज परियोजनाको लागि सहयोगका लागि आवश्यक पहलका साथै अध्यक्ष गुप्ताले उठाउनु भएको विषयलाई आफुले गंभीरता पूर्वक लिएको बताउनु भयो ।
भेटधाट कार्यक्रममा मन्त्रालयका सहसचिव हुमकला पाण्डे, नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नम्बर २ का अध्यक्ष गणेशप्रसाद लाठ, सङ्घका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारणी सदस्य गोपाल केडिया, पर्सा तथा बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी, पर्साका प्रहरी उपरिक्षक, रमेश बस्नेत , सशस्त्र प्रहरी उपरिक्षक, राजेन्द्र खड्का , सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्ष द्वय हरि गौतम, माधव राजपालका साथै सङ्घका महासचिव मनोजकुमार दासको उपस्थिती रहेको थियो ।