सशस्त्र प्रहरी बल नेपाल दुई नम्बर छिन्रमस्ता बाहिनी मुख्यालय बर्दिबासका डिआईजी गणेश ठाडा मगरको मोबाईलमा शुक्रवार राती रिंग बज्छ , डिआईजी मगरले मोबाईल रिसीभ गर्न बितीकै सुराकीले सर नमस्कार भन्दै गांजा ओसार पोसार भईरहेको जानकारी गराउंछ , सुचना पाउउ बितिकै सशस्त्र प्रहरी नम्बर दुईका बाहिनीपति गणेश ठाडा मगरले सप्रबह मन्तोष कुमार सिंहको कमाण्डमा पांच जना स्ववाड टोली परिचालन गरेर सुराकीले दिएको स्थानमा चेकजांच गर्दा नेपालमा प्रतिबन्धित रहेको ठुलो परिणाममा गांजा सहित तीनजनालाई नियन्त्रणमा लिएको हो ा नेपालबाट भारत तर्फ अबधै तरिकाले महोतरी जिल्लाबाट टाउकोमा बोकेर गांजा लगीरहेको अवस्थामा सशस्त्र प्रहरीले राती तीनजनालाई प्रकाउ गरेको छ ा सशस्त्र प्रहरीले सय किलो , एक सय पांच ग्राम गांजा बरामद गरेको हो ा प्रकाउ पर्नेहरुका जिल्ला महोतरी एकडाडा गाउंपालिका वडा नम्बर ५ बस्ने ३६ वर्षीय रमेश पासवान, सोहीm स्थान बस्ने खेलावन मण्डल र जिल्ला महोतरी जलेश्वर नगरपालिका ७ बस्ने निवासी सुरेश यादब रहेका छन् ा गांजा सहित प्रकाउ परेका तीन जनालाई सशस्त्र प्रहरीले थप कारवाहीको लागी महोतरी प्रहरीमो जिम्मा लगाईएको छ ा