अबैध लागु औषध सहित पर्सा प्रहरीले दुईजनालाई प्रकाउ गरेको छ ा बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यलय पर्साबाट खटिएको प्रहरी टोलीले लागु औषध खैरौ हिराईन सहित बीरगंज महानगरपालिका वडा नम्बर १० घडिअर्वा बस्ने २६ वर्षिय रामबाबु ठाकुर र बीरगंज वडा नम्बर १२ मुर्ली बस्ने २१ वर्षिय सहजाद मन्सुरलाई प्रकाउ गरिएको पर्साका डिएसपी एवम प्रवतmा ओमप्रकाश खनालले बताउनु भयो ा लागु औषध ओसार पोसार भईरहेको प्रहरीलाई जानकारी आएको डिएसपी खनालले भने, बीरगंज वडा नम्बर १५ स्थित लक्ष्मनवा स्थित रहेको राजु डिजल ग्यारेजमा ना ५६ प ५४१७ सेतो एनएस पल्सर मोटरसाईल मर्मत गर्न लैजाने क्रममा प्रहरीले चेकजांच गर्दा नेपालमा प्रतिबन्धित रहेको खैरौ हिरोईन बरामद गरिएको हो ा रामबाबु सवार भएको मोटरसाईकलको टंकी भित्र लागु औषध खैरो हिरोईन ३, ५ ग्राम लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको डिएसपी खनालले बताउनु भयो ा लागु औषध सहति प्रकाउ परेका ठाकुरलाई प्रहरी अनुसन्धान गर्दै जांदा उतm बीरगंज महानगरपालिका वडा नम्बर १२ मुर्ली बस्ने २१ व्र्षिय सहजाद मन्सुरीको पनि संकलग्नता रहेको पुष्टि भएपछि मन्सुरीलाई पनि प्रकाउ गरिएको हो ा खैरौ लागु औषध सहित प्रकाउ परेका ठाकुर र मन्सुरीलाई जिल्ला प्रहरी कार्यलय पर्सामा थप अनुसन्धान भईरहेको छ ा