हाम्रो खोप , हाम्रो सुरक्षा , खोप लगाउ सुरक्षित बनौ नाराका साथ पर्सा जिल्लामा यही मंसीर २२, २३ र २४ गते कोरोना भाईरस बिरुद्धको खोप अभियान संचलानमा आउने खोप समन्वय समितीका संयोजक एवं पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताउनु भयो ा पर्सा जिल्लामा दश वटा खोप केन्द्र थप गरिएको छ भने जिल्ला भरी १०२ वटा मात्र खोप केन्द्र रहेको जिल्लामा अब १० वटा खोप केन्द्र थपिएको प्रमुख जिल्ला अधिकारी ढकालले भने, आवश्यक पर्यो भने अझै खोप केन्द्र गप गर्न सकिने बताउनु भयो ा खोप केन्द्र स्थान बीरगंज महानगरपालिकाको घण्टाघर चोक। नयाँ बसपार्क, माईस्थान, आर्दशनगर , भन्सार र डाईपोर्ट चौकमा खोप केन्द्र स्थापना गरिने तयारी भईरहेको छ ा उतm खोप केन्द्रमा १८ वर्ष भन्दा माथीका ब्यतिmहरुलाइ खोप दिने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनु भयो ा स्वास्थ्य सेवा बिभाग, परिवार कल्याण महाशाखाले भेरोसेल र सिनोफार्म खोपको पहिलो मात्रा लागएका ब्यतिmहरुलाई मात्र दोस्रो डोज दिने छ ा लअभियानलाई प्रभावकारी बनाउनका लागी गैरसरकारी अस्पतालमा पनि खोप संञ्चालनमा ल्याएको छ ा बीरगंजको नारायणी सेन्ट्रल हस्पिटलमा आईतवार, गण्डक स्थित रहेको हेल्थ केयर अस्पतालमा मंगवार र लिंकरोड स्थित रहेको भवानी अस्पतालमा बिहीबार खोप दिने ब्यवस्था मिलाईएको हो ा धेरै भन्दा धेरै नागरिकहरुले कोरोना बिरुद्धको खोप लगाउने उदेश्यले खोप अभियान संचालनमा ल्याएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले दाबी गर्नु भयो ा