लैड्गिक हिंसा बिरुद्ध १६ दिने अभियान अन्तर्गत बीरगंज महानगरपालिका वडा नम्बर २ स्थित रहेको ग्रिनल्याण्ड बोडिंग स्कुलमा अध्ययनरत रहेका छात्र र छात्राहरुलाई बाल विवाह एवं दाईजो प्रथा सम्बन्धी जनचेतना मुलक कार्यक्रम सपन्न भएको छ ा सामुदायीक सेवा केन्द्र तथा सामुदायीक प्रहरी सेवा छपकैया वाड नम्रब २ र माईत्ी नेपाल पर्साको संयुतm आयोजनामा सम्पन्न भएको लैड्ििगक हिंसा बिरुद्ध कार्यक्रममा बालविवाह, दाईजो प्रथा सम्बन्धी हुने कानुनी र कारवाहीको बारेमा बिधार्थीहरुलाई अवगत गराईएको थियो ा २० वर्ष सम्म नपुगेका युवतीहरुको बिवाह लैडगिक हिंसा बिरुद्ध रहेको राज्यले पनि अपराध ठहर गरेको हुनाले २० वर्ष भन्दा कम उमेरका युवतीहरु बिवाह नगर्ने कार्यक्रममा प्रमुख अतिथी रहेका पर्साका डिएसपी एवम प्रवतmा ओमप्रकाश खनालले बताउनु भयो ा सामुदायीक सेवा केन्द्र छपकैया वडा नम्बर २ का अध्यक्ष ग्यासुधीन ठकुराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रहरी निरीक्षक सोभन बिक्रम राणा, ग्रिन स्कुलका निर्देशन उपेन्द्र पिंडित, माईत्ी नेपाल पर्साकी संयोजक संगिता गिरी, बीरगंज मेटा्रे सिटी हस्पिटलका संचालक साधना चौरसिया , नेपाल सामुदायीक सेवा केन्द्र छपकैया सचिव प्रविण बिक्रम शाह लगायतको उपस्थिती रहेको थियो ा