पर्सा जिल्लामा रहेको निर्माणधीन बिकाश कार्य योजना अलपत्र परेको हुदां तत्काल निर्माण कार्य शुरु गर्नको मांग गर्दे नेपाली काग्रेश पर्साका सभापति अजय दुवेद्धीको नेतृत्वमा पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई ज्ञापन पत्र बुझाएको छा ज्ञापन पत्रमा गिटी बालुवाको आपुर्ति तत्काल खोल्न मांग समेत गरेको छा नेपाली काग्रेश पर्सा शाखाका सभापति अजय दुवेद्धीको नेतृत्वमा गएको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई ज्ञापन पत्र बुझाउदै बीरगंजको नारायाणी अस्पतालमा भवन निर्माणको ठेक्का भईसक्दा पनि हाल सम्म काम शुरु नभएकोले तत्काल काम शुरु गर्नृ पर्ने , तिलावे पुलको काम छिटोभन्दा छिटो हुन्नु पर्ने , पोखरीया , लंगडी , भिस्वा लगायतका स्थानहरुमा सडकको काम अगाडी बढाउनु पर्ने , आत्मारामपथ तथा जनता सडकको बाकी खण्ड पनि सडक निर्माण गर्नृपर्ने , पुल निर्माण गर्नृपर्ने लगायतको मांग गरिएको छा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुभाmएपछि नेपाली काग्रेश पर्सा शाखाका सभापति अजय दुवेद्धीले संचारकर्मी संग कुरा गर्दा नेपाली काग्रेशले उठाएको जनताको हितको कार्यहरु पुरा नभएपछि अगामी दिनमा आंदोलनको कार्यक्रम घोष्णा गरिने बताउनु भयोा