नेपालमा पनि ओमिक्रँोनको नयां भेरियन्ट संक्रमण फेला पेरपछि नेपाल र भारत संग जोडिएको बीरगंज नाकामा स्थानिय प्रशासनले हेल्थ डेस्क संचालन गरी अनिवार्य स्वास्थ्य परिक्षण गर्ने थािलएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताउनु भयो ा हाम्रो सिमा नाका खुल्ला छ जोखिम पनि उतिकै छ, अहिले नै सुरक्षा सतकर्ता अपनाएन भने भोलीको ओमिक्रोन भेरियन्टको शिकार हुन समय नलाग्ने प्रजिअ ढकालले भने, भारतबाट नेपाल प्रवेश गरेका यात्रुहरुलाई सिमा नाकामा अनिवार्य स्वास्थ्य परिक्षणको ब्यवस्था मिलाईएको छ ा भारतको केही राज्यहरुमा ओमिका्रेनका संक्रमण बढ्ने क्रम भएको हुनाले हाम्रो सिमानाकामा सुरक्षा कडाई गरिएको र जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र डिसिसिएमसीको निणर्य अनुसार भारतबाट नेपाल प्रवेश गरेका यात्रुहरुको स्वास्थ्य परिक्षण पछि मात्र प्रवेश गर्ने निणर्य भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेले बताउनु भयो ा नेपाल र भारतमा ओम्रिकोन भेरियन्ट संक्रमण फेला परेपछि सिमानाकामा उच्च सर्तकता बढाएको हो ा ओमिक्रोन भेरियन्टको त्रास बीरगंजवासीहरुलाई भएको छ ा
यसैगरी नेपाल र भारतमा ओमिको्रन भेरियन्टको संक्रमण भेटिएपछि बीरगंज महानगरपालिकाले कोरोना बिरुद्धको खोप नगर क्षेत्रको बिभिन्न स्थानहरुमा सर्वसाधारणहरुलाई बुधबारदेखि सार्वजनिक स्थानमा खोप लगाउन शुरु गरिएको हो । वीरगन्ज महानगरपालिका मेयर प्रमुख विजय सरावगीले खोप अभियानलाई उदघाटन गर्दै महानगरपालिकाले ३४ वटा खोप केन्द्रबाट खोप उपलब्ध गराउदै आएकोमा थप तीनवटा खोप कन्द्र सार्वजनिक स्थलमा स्थपना गरेर खोप अभियान शुरु गरेको बताउनु भयो । महानगरपालिकामा भण्डारण गर्ने कक्षमा २५ हजार खोप उपलब्ध रहेको बताउनु भएको छ ा कोरोना बिरुद्धको खोप लगाउनका लागी सम्पुणर् बीरगंजवासीहरु संग नगर प्रमुख सरावगीले आग्रह गर्दे खोप अभियानलाई सफल पार्नका लागी आग्रह गर्नु भएको छ ा महानगरपालिकाले खोप अभियानअन्तर्गत पहिलो चरणमा भेरेसिलखोपको दुवै मात्रा लगाउने र त्यसपछि कोभिसिल्डको खोप लगाउने पनि बताउनुभयो । उहाँले अब बिरगंजबजार गर्न आउने पनिब्यक्तिले आफ्नो नागरिकताको प्रमाणपत्र हेराएर घण्टाघरमा रहेको प्रहरी बिटबाट पनि कोरोनाखोप लगाउन सक्ने नगर प्रमुख सरावगीले बताउनुभयो ा