अबैध तरिकाले भन्सार छलेर नेपाल तर्फ प्रवेश गरेको ट्रक सहित चालकलाई नियन्त्रणमा लिई पर्सा प्रहरीले थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको पर्साका डिएसपी एवंम् प्रवतmा ओम प्रकाश खनालले बताउनु भयो ा भन्सार छली ट्रकमा अबैध तरिकाले लता कपडा लगीरहेको प्रहरीलाई सुचना आएको थियो ा सोही सुचनाको आधारमा बीरगंज महानगरपालिका वडा नम्बर ८ स्थित रहेको घंटाघर सडक खण्ड नजिकै ना ३ ख २९९ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिई चेकजांच गर्दा विल विजक भन्दा बढीको लताकपडा तथा खुदा्र मालबस्तु बरामद भएको डिएसपी खनालले बताउनु भयो ा तस्करी गरी ल्याएको लताकपडा र मालबस्तु पोखरा तर्फ लगीरहेको थियो ा बिलबिजक भन्दा बढीको लताकपडा तथा मालबस्तु बरामद भएपछि प्रहरीले ट्रक चालक बारा जितपुर सिमरा महानगरपालिका निवासी वडा नम्बर ९ बस्ने २५ वर्षीय सागर रायलाई नियन्त्रणमा लिएको हो ा नियन्त्रणमा लिएको ट्रकको प्रहरीले पच्चास लाख मुल्यांड्कन गरी ट्रक चालक सहित पथलैया राजस्व अनुसन्धान कार्यलयमा पठाएको हो ा