अटो रिक्शा पल्टिन्दा १३ दिने बालिकाको ज्यान गएको छ ा बारा जिल्ला जितपुर सिमरा उपमहागरपालिका वडा नम्बर १ टेलिकम नजिकै अटो रिक्शा पल्टिदा एक शिशुको मृत्यु भएको छ भने दुई जना घाइते भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरीले जनाएका छन् ा बुधवार सांझ बिकासशील चौकबाट सिमरातर्फ जांदै गरेको ना २ ह ५३१६ नम्बरको अटो रिक्शा अनियन्त्रित भएर पल्टिदां सिमरा बस्ने रबीन कार्कीको १३ दिने छोरी इभा दुर्घटनामा परी घाईते भएकी थिईन् ा घाईते इभाको उपचारको लागी बीरगंज गण्डक स्थित रहेको बयोधा अस्पतालमा भर्ना गर्दा नै डाक्टरले मृत घोषणा गरेको थियो ा प्रहरीले अटो रिक्शा सहित चालकलाई नियन्त्रणमा लिएको छ ा अन्य दुई जनाको उपचार बयोधा अस्पतालमा नै भईरहेको ईलाका प्रहरी कार्यालय सिमरा प्रहरीले जनाए ा